अमेरिकामा आवासीय क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना, १५ घरमा आगलागी

अमेरिकामा आवासीय क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना, १५ घरमा आगलागी
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकाको सान डिएगोमा बिहीबार बिहान कुहिरोका कारण एउटा सानो विमान दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनाका कारण करिब १५ घरमा आगलागी भएको छ। दुर्घटना स्थल खाली गराइएको छ सञ्चारमाध्यमहरुमा उल्लेख छ।

दुर्घटनापछि जेट इन्धन चारैतिर फैलिएको अग्नि नियन्त्रण विभागका एक अधिकारीले सञ्चारमाध्यमलाई बताए। हाम्रो पहिलो लक्ष्य यहाँ उपस्थित सबै घरहरूको खोजी गर्नु र सबै मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु रहेको उनको भनाइ छ।

विमान दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन। संघीय उड्डयन प्रशासन (एफएए) ले सेस्ना ५५० विमान मोन्टगोमेरी-गिब्स कार्यकारी विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको बताएको छ।

एफएएले विमानमा कति जना सवार थिए भन्ने कुरा अझै थाहा नभएको बताएको छ। यो विमानको छ देखि आठ जनासम्म यात्रु बोक्ने क्षमता रहेको छ। 

दुर्घटना सैन्य निवास क्षेत्र नजिकै भएको थियो।

यो घटना स्थानीय समय अनुसार बिहान ३:४७ बजेतिर सैन्य आवास क्षेत्र टियरासान्ता नजिकै रहेको साल्मन स्ट्रिटको ३१०० ब्लकमा भएको थियो। सान डिएगो अग्नि-उद्धार डिभिजन प्रमुख डान एडीका अनुसार घटनास्थलबाट अहिलेसम्म कसैलाई पनि अस्पताल लगिएको छैन।

आगलागीमा धेरै घर र सवारी साधनहरू जलेका छन्।  

यहाँ बस्ने धेरै परिवारहरूले नजिकैको पार्किङ स्थलमा आश्रय लिएका छन् र घर फर्कने प्रतीक्षामा छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.