बागलुङ पुगेर प्रचण्डले भने - जिल्लाको विकासका लागि गम्भीर छौं

बागलुङ पुगेर प्रचण्डले भने - जिल्लाको विकासका लागि गम्भीर छौं
सुन्नुहोस्

बागलुङ : जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ।

सो अवसरमा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना दिँदै नगरपालिकाका आवश्यकताबारे उल्लेख गरिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेका थिए। त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्लाका समस्या र सम्भावनाबारे धारणा राख्दै पूर्वप्रधानमन्त्रीबाट आवश्यक सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै बागलुङ प्रवेश गरेपछि विभिन्न स्वागत तथा जनभेटघाट कार्यक्रमहरूमा प्राप्त जनसहभागिता उत्साहजनक रहेको बताए। उनले आफूले प्रस्तावित गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लामा सबैभन्दा बढी दुरी  रहेको उल्लेख गर्दै,माओवादी केन्द्र सरकारमा हुँदा पहाड क्षेत्रमा पूर्व–पश्चिम चुरे करिडोरमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने प्रयास गरिएको स्पष्ट गरे।

अध्यक्ष प्रचण्डले बागलुङको विकास आवश्यकता अनुसार नगरपालिका र जिल्लाले अघि सारेका योजनाहरूमा पार्टी र नेतृत्वको तर्फबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिाबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.