मर्निङवाक जाँदा लडेर मृत्यु भएका पुरुषको पहिचान खुल्यो
धरान : धरानमा मर्निङवाक जाँदा लडेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ । मृतक तेह्रथुमको म्याङलुङ नगर पालिका १० घर भइ हाल धरान-१५ बस्ने ४१ वर्षीय भिमसुन्दर लिम्बु रहेका ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले बताए ।
प्रहरीले भिमसुन्दरको मृत्यु भएपछि उनको सब पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।
भिमसुन्दरको पहिचान उनकै श्रीमती चन्द्रकुमारी लिम्बुले गरेको डिएसपी जबेगुले बताए । शवलाई पोस्टमार्टम गरेर परिवारलाई जिम्मा लगाउने प्रहरीको तयारी छ । भिमसुन्दर उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका कारण उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
३