बलम्वुमा निर्माणाधिन फ्लाइओभरको काम अन्तिम चरणमा
काठमाडौं : काठमाडौंको बलम्वुमा निर्माण भइरहेको फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । बलम्बु–सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ ।
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउनका लागि बलम्वुमा फ्लाइओभर निर्माण गरिएको हो । दुई लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको रहेको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन फ्लाइओभरको निरीक्षण समेत गरेका थिए।
त्यसक्रममा उनले सो फ्लाइओभर निर्माण पूरा भए पछि काठमाडौ भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने धारणा राखेका थिए।त्यस्तै बलम्बु–सिस्नेखोला सुरूङको समेत मुख्य संरचना निर्माण भइ सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।
भौतिक पूर्वाधार तथा यातायातका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ् सञ्चालनको मोडालिटी निर्माण भइरहेको छ । सोहि मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गराउने मन्त्रालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस !