अन्नपूर्णकर्मी गोविन्द महतोलाई मातृशोक
ढल्केवर(धनुषा) : अन्नपूर्णकर्मी गोविन्द महतोलाई मातृशोक परेको छ । अन्नपूर्ण पोस्टका धनुषा समाचारदाता महतोकी ६५ वर्षीया आमा रामदुलारी देवीको सोमबार राति निधन भएको हो ।
केहीदिनदेखि बिरामी रहेकी रामदुलारीको उपचारको क्रममा सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको मंगलबार महोत्तरीको गौशाला नगरपालिका–१ सोनी खोलाको घाटमा अन्त्येष्टि गरिएको हो ।
रामदुलारीको पत्रकार महतोसहित दुई छोरा छन् ।
प्रतिक्रिया दिनुहोस !