डोटीमा होटलको छतबाट खसेर युवकको मृत्यु

डोटीमा होटलको छतबाट खसेर युवकको मृत्यु

डोटी : डोटीमा छतबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका १ गैरा (भड्डी) बस्ने अन्दाजी ३२ वर्षीय दिपक खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

खड्का मंगलबार राति करिब डेढ बजेतिर जोरायल गाउँपालिका- १ गैरामा भुपेन्द्र घर्ती मगरले सञ्‍चालन गर्दै आएको लुम्बिनी भान्सा घर एण्ड लजको तीन तलामाथिको छतबाट खसेका थिए । 

प्रहरी सहायक निरीक्षक पदम सिंहका अनु्सार  घाइते अवस्थाका उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाएको थियो।  बिहान ५ बजेतिर डडेल्धुरा अस्पतालले चेकजाँच गर्ने क्रममा  मृत घोषणा गरेको हो। स्थानीयका अनुसार खडकाले मदिरा सेवन गरेको बुझिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.