खुला दौडको उपाधि विक, तामाङ र ढुङ्गेललाई

खुला दौडको उपाधि विक, तामाङ र ढुङ्गेललाई

सिन्धुपाल्चोक : गणतन्त्र दिवस २०८२ को अवसरमा सिन्धुपाल्चोकको चौतारामा आयोजना भएको खुला दौड प्रतियोगिताको उपाधि जागर विकले जितेका छन्। जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ५ किलोमिटर खुला पुरुषतर्फ इन्द्रध्वज गणका जागर  विक निर्धारित दुरी १८ मिनेट १६ सेकेण्डमा पार गर्दै विजेता भएका हुन्। 

दौडमा सोही गणका अमृत बयलकोटीले १८ मिनेट ४४ सेकेण्ड र रामबहादुर सुनारले १९ मिनेट ७ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र तृतीय भए।

यस्तै ३ किलोमिटर खुला महिलातर्फ चौतारा साँगाचोकगढी नगरपालिका– ७ की निमा तामाङ प्रथम भइन् । उनले निर्धारित दुरी १७ मिनेट ४९ सेकेण्डमा पार गर्दै विजेता भएकी हुन्। दौडमा स्मति श्रेष्ठले १९ मिनेट ४४ सेकेण्ड र सयुना श्रेष्ठले २० मिनेट ४७ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र तृतीय भए। 

त्यस्तै ५ किलोमिटर ४० वर्षमाथिको पुरुषतर्फ चौतारा साँगाचोकगढी नगरपालिका–१३ का दुर्गाप्रसाद ढुङ्गेलले निर्धारित दुरी २३ मिनेट ३८ सेकेण्डमा पार गर्दै प्रथम भए। दौडमा सशस्त्र प्रहरी बलका राजु कोइरालाले २५ मिनेट ५२ सेकेण्ड र सोही बलका जगतबहादुर भुजेलले २६ मिनेट ३२ सेकेण्डमा दूरी पार गर्दै द्वितीय र तृतीय भएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकमा अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिए। प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई गणतन्त्र दिवसको दिन पुरस्कार प्रदान गरिने उनको भनाई छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.