पूर्वराज्यमन्त्री खड्काको निधन

पूर्वराज्यमन्त्री खड्काको निधन

दैलेख : पूर्वमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेस दैलेखका पूर्वसभापतिसमेत रहेका पूर्वराज्यमन्त्री खड्काको ८२ वर्षको उमेरमा निधन भएको हो । दैलेखको नारायण नगरपालिका वडा नं. ७ स्थित खड्काको निवासमा बिहीबार बिहान निधन भएको हो । खड्का विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।

वि.सं. १९९९ श्रावण १९ गते जन्मिएका खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म काँग्रेस दैलेखको जिल्ला सभापति थिए । खड्का नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा खड्का पटक–पटक जेल जीवन, प्रहरी हिरासत र यातना बेहोरेका नेता हुन् ।

उनी वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका   थिए । यस्तै २०६४ मा संविधानसभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।  २०५६ मा सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । 

खड्का  वि.सं. २०५२ मंसिरमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायक मन्त्री र २०६४ मा संविधान सभा सदस्य निर्वाचित भएपछि स्थानीय विकास राज्य मन्त्री बनेका थिए । नेपाली काँग्रेसले पूर्वराज्यमन्त्री खड्को निधनले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुशल संगठनकर्ता,अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.