बचतकर्ताको २५० करोड हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

बचतकर्ताको २५० करोड हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले २५० करोड बढी रकम हिनामिना गरी फरार रहेका ६५ वर्षीय रायलाई शनिबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट नियन्त्रणमा लिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्का अनुसार बैंकमा संकलन भएको बचतकर्ताहरूको २५० करोड भन्दा बढी रकम हिनामिना गरी उनी फरार थिए।

उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.