दुर्घटनामा परेकालाई अब निःशुल्क उपचार सेवा

दुर्घटनामा परेकालाई अब निःशुल्क उपचार सेवा
तस्बिर : अन्नपूर्ण

रौतहट : पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेका घाइतेका लागि आकस्मिक उद्धार तथा उपचार सेवा सञ्चालनमा आएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिले दुर्घटनाको खबर पाउनासाथ उद्धार र उपचार सेवा घटनास्थलमै पुगेर प्रदान गर्ने भएको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ चिकित्सकसहितको टोलीले दुर्घटनास्थल पुगेर घाइतेको उपचार गर्नेछ । अस्पताल प्रमुख डा. सुभाष चौधरीले आकस्मिक उद्धार सेवा चन्द्रपुर अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गतको एउटा महत्वाकांक्षी कार्यक्रम भएको बताए । 

उद्धार सेवाको मुख्य उद्देश्य सडक दुर्घटना, प्राकृतिक प्रकोप वा अन्य आकस्मिक घटनामा परेका घाइते वा पीडितलाई घटनास्थलमै पुगेर निःशुल्क र निस्वार्थ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको  डा. चौधरीले बताए । अब सडक दुर्घटनामा परेर उपचारको अभावमा घटनास्थलमै मृत्यु हुने संख्या क्रमशःघट्ने भएकाले यसलाई निरन्तरता दिने डा.चौधरीले बताए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले सडक दुर्घटनाको तथ्याङ्क हेर्दा डरलाग्दो रहेको र चन्द्रपुर अस्पतालले सुरु गर्न लागेको आकस्मिक उद्धार सेवा निकै प्रभावकारी हुने बताए ।

आकस्मिक उद्धार सेवामा दक्ष चिकित्सक र पारामेडिक्स,अत्यावश्यक मेडिकल उपकरण र आपत्कालीन औषधिहरू,पोर्टेबल अक्सिजन आपूर्ति, फलाम तथा काठ काट्ने उपकरणहरू, चेस्ट ट्युब राख्ने तथा माइनर सर्जरीका सामग्रीहरूसहित एम्बुलेन्स २४ सैं घण्टा तयारी अवस्थामा राखिएको डा.चौधरीले बताए । 

अस्पतालले सुरु गरेको यो आकस्मिक उद्धार सेवा मधेस प्रदेशमै सम्भवतः पहिलो भएको भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.