डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ घाइते

डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ घाइते

डोटी : केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने अन्य आठजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याएको थियो। लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठजनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.