गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौं : गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ। उपचारका क्रममा ललितपुरको क्यान्सर अस्पतालमा आज बिहान निधन भएको हो। रसिक लामो समयदेखि क्यान्सरबाट पीडित थिए।

भोजपुर छिनामाखुमा विसं २००४ असोज ४ मा जन्मिएका रसिक पचासको दशकमा इलाम सरेका थिए। करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाएका छन्। 

उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरु, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरु टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ । हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत गाएका छन्। उनका केही रचना विद्यालयका पाठ्पुस्तकमा समावेश छ । साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.