खप्तड छेडेदह गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
बाजुरा : खप्तड छेडेदह गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ। स्वास्थ्य मन्त्रालयले तय गरेका मापदण्ड पूरा गरेपछि खप्तड छेडेदह गाउँपालिका आइतबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले बताए।
गाउँपालिकाका एक हजार २ सय ४० जना बालबालिकालाई आवश्यक सबै नियमित खोप दिइसकिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रावतले बताए।
गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला निकायहरूको संयुक्त प्रयासमा खोप अभियानलाई सफल भएको गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावलले बताए।
प्रतिक्रिया दिनुहोस !