जनकपुरमा दुई दिने थारू अन्तर्राष्ट्रिय सम्मेलन सुरू
काठमाडौं : मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिने थारु अन्तर्राष्ट्रिय सम्मेलनमा सुरू भएको छ। सोमबार जनकपुरको महेन्द्रनारायण निधि साँस्कृतिक भवनमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो।
सम्मेलनमा नेपालका र भारतका थारूहरूको उल्लेख्य सहभागिता रहेको छ। सम्मेलनमा भारतका उत्तर प्रदेश, विहार र उत्तराखण्डबाट करिब ३ सय र नेपालबाट करिब ५ सय थारूहरूको सहभागिता रहेको छ।
'मिलेर हामी धेरै कुरा पाउन सक्छौं' मूल नारा राखिएको सम्मेलनमा दुई देशका थारू अगुवाहरूले थारु समुदायको हकहित र दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !