कार्यालय सहयोगीको भरमा स्वास्थ्य केन्द्र, स्थानीयले लगाइदिए ताला

कार्यालय सहयोगीको भरमा स्वास्थ्य केन्द्र, स्थानीयले लगाइदिए ताला
तस्बिर : अन्नपूर्ण

कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका बडा नं ३ को आधारभूत स्वास्थ्य तथा सरसफाइ आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । दुई हप्तादेखि कर्मचारी नहुँदा कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ।

वडा नं ३ निवासी स्थानीयहरूले स्वास्थ्यकेन्द्रमा तालाबन्दी गरेका हुन्। पावर र पहुँच देखाउँदै वडाका बिरामीलाई थर्काउने धम्काउने जस्ता क्रियाकलाप कर्मचारीबाट भएको भन्दै कार्यालयमा तालाबन्दी गरिएको स्थानीय खगेन्द्र प्रसाद पाण्डेले बताए। उनले भने,' सरकारले नि:शुल्क दिने भनिएका औषधि पनि पाएका छैनौं,उल्टै धम्की खानुपर्छ।'

टाउको दुखेका बिरामीले औषधि लिन आउँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गर्ने गरेको स्थानीयको आरोप छ। वडाध्यक्ष ददीप्रसाद पाण्डेले स्वास्थ्य केन्द्र प्रमुख तालिमका लागि सुर्खेत गएको बताए । उनले भने,'स्वास्थ्य केन्द्र सुचारु छ। अन्य भएको के हो ? थप बुझेर खबर गर्छु ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.