आसाममा बाढीबाट १२ सय बढी घर डुबानमा, हालसम्म १२ जनाको मृत्यु

आसाममा बाढीबाट १२ सय बढी घर डुबानमा, हालसम्म १२ जनाको मृत्यु

नयाँ दिल्ली : आसाममा बाढीले १२ सय बढी घर डुबानमा परेका छन्। आसाम राज्य विपद् व्यस्थापन प्राधिकरणका अनुसार हाल राज्यका २२ जिल्लाका १२५४ गाउँहरू डुबानमा परेका हुन्।

बाढीबाट पाँच जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। श्रीभूमि,कछार,हाइलाकांडी,लखिमपुर र नागाउँ बाढीको चपेटामा परेका  छन्। विपद् विभागका एक अधिकारीले पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप दुईजनाको मृत्यु भएको बताएका छन्।

यसरी पछिल्लो चार दिनमा राज्यमा बाढी  र पहिरोका कारण हुने हुनेको संख्या १२ पुगेको छ। बाढीले वितण्डता मच्चाउन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री हिम्मत विश्व शर्मासँग फोनमा स्थितिको जानकारी लिएका छन्।

उनले राज्यलाई केन्द्र सरकारको तर्फबाट पूर्ण सहयोगको  आश्वासन दिएका छन्। विपद् विभागले बाढीबाट दुई लाखभन्दा बढी मानिसहरू प्रभावित भएको बताएको छ। लगभग ३२ हजार मानिसहरूका घरहरू पूर्णरुपमा पानीमा डुबेका छन्। बाढी प्रभावितहरूका लागि प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविरहरू स्थापना गरेको छ।

जोरहाटको निमातीघाटसहित तेजपुर,गोलाघाटमा ब्रम्ह्रपुत्र र यसका सहायक नदीहरूमा पानीको बहाब खतराको चिन्हभन्दा माथि पुगेको छ। अधिकांश ठाउँमा नदीको तटबन्ध भत्किँदा दर्जनौं गाउँहरू सम्पर्कविहीन भएका छन्। विगत पाँच दिनदेखि नरन्तर वर्षाका कारण भारतको धेरै उत्तरपूर्वी राज्यहरूमा बाढी र पहिरोका घटनाहरू घटिरहेका छन्।

अधिकांश  सडकहरू बगाएका छन् । घरहरू भत्किएका छन्। विस्थापितहरूका लागि धेरै राहत शिविरहरू खोलिएका छन्। निरन्तर वर्षा र पहिरो जान थालेपछि कतिपय जिल्लाका विद्यालयहरू बन्द गरिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.