पुलका पाटपुर्जा चोरी गरी बिक्री गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

पुलका पाटपुर्जा चोरी गरी बिक्री गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

काभ्रे : पुलको सामान चोरी गरी बिक्री गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्। गत असोज १२ गते परेको अविरल वर्षाले क्षति पुर्‍याएको पुलको सामान चोरी गरी बिक्री गरिएको आरोपमा रोशी गाउँपालिका वडा न ७ को वडा अध्यक्ष अशोक गौतम पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गौतमलाई प्रहरीले थप अनुसन्धानको लागि सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीन बहादुर घलेले जानकारी दिए । पुलको सामान चोरी अभियोगमा पक्राउ गरिएको ४ जनाको बयानको अधारमा वडा अध्यक्षलाई पक्राउ गरिएको डीएसपी घलेले बताए । वडा अध्यक्ष गौतम माओवादीबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

बाढीले बगाएको पुलबाट फलामका सामान चोरेर टिपरमा लोड गरिरहेका चारजनालाई प्रहरीले शुक्रबार पक्राउ गरिएको थियो । प्रहरीले  दुईवटा टिपरसहित चोरीमा संलग्न ४ जनालाई नियन्त्रणमा लिइएको थियो । बाढीले रोशी गाउँपालिका वडा नं। ७ र नमोबुद्ध नगरपालिका वडा नं। ६ को सिमानामा रहेको पक्की पुल बगाएको थियो। 

सोही दुर्घटनामा क्षतिग्रस्त पुलमा प्रयोग भएका फलामका महत्त्वपूर्ण पार्टपुर्जाहरू चोरी हुने गरेको सूचना स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेहरूमा दुईजना चोरीमा संलग्न तथा दुईजना टिपर चालक रहेको प्रहरीले जनाएको छ ।

मण्टु कुमार र जितेन्द्र पासवान,टिपर चालक मानबहादुर तामाङ र रमेश लामा रहेका छन । प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएर चोरी कसूरअन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । चोरीका लागि प्रयोग गरिएको दुवै टिपर प्रहरी नियन्त्रणमा छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.