बर्दियामा आतंक मच्चाउने चितुवालाई लिइयो नियन्त्रणमा

बर्दियामा आतंक मच्चाउने चितुवालाई लिइयो नियन्त्रणमा
बर्दियाको बालापुरमा केजमा परेको चितुवा। तस्बिर : यादव आचार्य

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका -५ स्थित बालापुर क्षेत्रमा आतंक फैलाउने चितुवा पासोमा परेको छ । एक साताअघि सोही क्षेत्रमा ७ वर्षीया बालिका सायरा चौधरीको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ ।

घटना भएको दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज,राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र डिभिजन वन कार्यालय बर्दियाको टोली अहोरात्र चितुवा नियन्त्रणमा लिन खटिएका थिए । एक सातादेखि हिंस्रक चितुवा भेटाउन नसक्दा स्थानियमा त्रास फैलिएको थियो ।     मंगलबार राति चितुवा पासोमा परेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । 

जेठ १५ गतेदेखि चितुवालाई डार्ट गरी नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र एनटीएनसीले एक/एक गरी दुईवटा हात्ती परिचालन गर्दै चितुवाको खोजी भइरहेको थियो । चितुवा बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइने भएकाले डिभिजन वन कार्यालय बर्दिया परिसरमा राखिएको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत अजित तुम्बाहाङ्फेले जानकारी दिए ।

बालिकालाई आक्रमण गरेको क्षेत्र वरपर राखिएको केजमा चितुवा परेकाले सोही चितुवा हुनसक्ने अनुमान उनको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.