मूर्तिसहित साढे ३० लाखको सामान बरामद

मूर्तिसहित साढे ३० लाखको सामान बरामद
तस्बिर : अन्नपूर्ण

परासी : प्रहरीले मूर्तिसहित साढे ३० लाख बराबरको अवैध सामान बरामद गरेको छ । नवलपरासीको बर्दघाटतर्फ लैजान राखिएको अवस्थामा उक्त सामान बर्दघाट नगरपालिका–६ बेतहानीबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।  

बरामद सामानमा सबैभन्दा बढी मोबाइलमा प्रयोग हुने सामान छन् । जसमा १५ लाख बराबरको मोबाइल ग्लास,८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेका छन् । त्यसैगरी एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्ति रहेका छन् ।

विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरूमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ । उक्त सामानलाई प्रहरीले बेबारिसे देखाउँदै सडक किनारमा प्लाष्टिकमा राखेको अवस्थामा बरामद भएको जनाएको छ । 

मंगलबार राति बरामद भएका सबै सामानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । भारतबाट भन्सार छलेर ल्याइएको उक्त सामान भूजहवा र बसैया नाकाबाट ल्याइएको बताइएको छ । त्यस क्षेत्रबाट अहिले चिनी, चामल र अन्य सामानको अवैध कारोबार हुँदै आएको स्थानीयले बताएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.