विदेशी मुद्रा सटहीको नाममा ठगी गर्ने दुई जना पक्राउ

विदेशी मुद्रा सटहीको नाममा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरेबापत रकम दिने भन्दै झुक्यानमा पारी सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-११ बस्ने ३८ वर्षीय दानबहादुर तामाङ तथा सोही ठाउँको वडा नं १२ बस्ने २६ वर्षीय दानबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। 

'पक्राउ परेकाले सोमबार काठमाडौंका विभिन्न स्थानमा सर्वसाधारण नागरिकलाई विदेशी मुद्रा सटही गर्न सहयोग गरी दिए सो बापत रकम दिउँला भनी झुक्यानमा पारी साथमा रहेका सुनका गहना तथा नगद लिई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो,' उनले भने। 

उनीहरूको साथबाट प्रहरीले १० को नेपाली रुपैयाँ एक सय थान तथा दुई मोबाइल सेट बरामद गरेको जनाइएको छ। पक्राउ परेकाहरुलाई आज काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई सो सम्बन्धमा अनुसन्धान भइरहेको र हालसम्म निजहरूका विरुद्ध १० वटा जाहेरीसमेत पर्न आएको प्रवक्ता बोहराले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.