संघीय निजामती ऐन जारी प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

संघीय निजामती ऐन जारी प्रक्रिया अघि नबढाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं : नेपाल निजामती कर्मचारी संगठनले आफ्ना माग बमोजिम संघीय निजामती ऐन जारी नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । हालै काठमाडौंमा सम्पन्न दोस्रो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी हुन नसके चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले तीनै तहमा कार्यरत कर्मचारीहरूलाई मार्ग निर्देशन गर्ने मूल कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए।

उनले तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न विशेष पहल गर्ने बताए। त्यस्तै संगठनले कार्यालय प्रमुख बाहेक शाखा अधिकृत वा आठौं तहसम्मका कर्मचारी सदस्य हुन पाउने गरी सामूहिक सौदावाजीसहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने माग रहेको महासचिव अधिकारीले बताए।

संगठनले संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने,अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगिताबाट स्थायी गर्नुपर्ने लगायतका माग समेत अघि सारेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.