सिरहामा एक वर्षमा २६ हजारभन्दा बढी सवारी कारबाहीमा, दुर्घटनामा ६९ जनाको मृत्यु
सिरहा : सिरहामा चालु आर्थिक वर्षको जेठ २० गतेसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने २६ हजार २३२ सवारीसाधन कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले सार्वजनिक गरेका तथ्यांक अनुसार एक वर्षमा ७६९ ठाउँमा सवारी दुर्घटना भएका छन्। जसमा परी ६९ जनाको मृत्यु भएको छ। जसमा मोटरसाइकल चालक ४७ जना रहेका छन् ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ९१३ ठाउँमा गरेको जनचेतनामूलक कार्यक्रममा ७० हजारभन्दा बढीलाई सूचित गरिएको ट्राफिक प्रहरी प्रमुख पोषण थपलियाले जानकारी दिए।
हेलमेट नलगाउने, लागुऔषध–मादक पदार्थ सेवन, ओभर स्पिड, ओभर टेक, क्षमता भन्दा बढी व्यक्ति बसाई सवारी चलाउनाले दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !