श्रीमतीको उजुरीले प्रहरी हिरासत पुगेका श्रीमानको मृत्यु

श्रीमतीको उजुरीले प्रहरी हिरासत पुगेका श्रीमानको मृत्यु

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराको हिरातमा रहेका खप्तड छेडेदह गाउँपालिका- ३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार राति रावतको पेट दुखेपछि उपचारको लागि जिल्ला अस्पताल बाजुरा लगिएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक बोहोराले बताए । 

सूचना अधिकारी बोहोराका अनुसार रावतलाई पेटसम्बन्धी समस्य पहिले देखि नै रहेको र २/३ दिन पहिला पनि उपचार गरिएको थियो। १५ दिन अगाडि श्रीमती पाउनी देवी रावतले श्रीमान जंगबहादुर रावतविरुद्ध अभद्र व्यवहार कसुरमा उजुरी दिएकी थिइन्।

उजुरीपछि जेठ १९ गते मिसिल तयार गरी सरकारी वकील कार्यालयमार्फत् जिल्ला प्रशासन कार्यालय उजुरी दर्ता गरी सकेको सूचना अधिकारी बोहोराले बताए । मृतक रावतको आजै पोष्टमार्टमपछि आफन्तले शव बुझेर लगेको सूचना अधिकारी जनक बोहोराले बताए । 

खप्तड छेडेदह गाउपालिका ३ का वडा अध्यक्ष बिर्ख रावतको अनुसार श्रीमान श्रीमतीको घर्यासी झगडा भइराख्थ्यो वडा कार्यालय गाउपालिका टाँटे डोगडी प्रहरी चौकीमा समेत धेरै पटक झगडा मिलाएको थियो । फेरि पनि श्रीमतीसँग झगडा गर्न नछोडेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.