महोत्तरीमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ
ढल्केवर(धनुषा) : महोत्तरीमा लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–२ बस्ने ३२ वर्षीय सिकेन्द्र साह रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए।
उनलाई बुधबार इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।
जलेश्वरबाट बर्दिबासतर्फ आउँदै गरेको लु २ च २१२४ नम्बरको कारलाई जलेश्वर बर्दिबास सडक खण्ड अन्तर्गत बर्दिबास–८ रामानन्द चोकमा रोकी चेकजाँच गर्दा चकलेटको बट्टामा सेतो रंगको प्लास्टिकभित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ५० ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।
बरामद भएको ब्राउन सुगरसहित कार र त्यसका चालक सिकेन्द्रलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भट्टले जनाए।
प्रतिक्रिया दिनुहोस !