मधेश सरकारको नीति तथा कार्यक्रम भोलि
ढल्केवर(धनुषा) : मधेश प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। शुक्रबार बस्ने पाँचौं अधिवेशनको तेस्रो बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।
प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम मार्फत प्रदेश सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए।
यसका लागि शुक्रबार दिउँसो ४ बजे बैठक बोलाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !