नेपाल संस्कृत विश्वविद्यालयमा पाँच महिनापछि खुल्यो ताला

नेपाल संस्कृत विश्वविद्यालयमा पाँच महिनापछि खुल्यो ताला

दाङ : नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूले गरेको तालाबन्दी पाँच महिनापछि खोलिएको छ । २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला  विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सहमतिपछि आज खुलेको हो ।

तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक,प्रशासनिक र आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया तथा आर्थिक कारोबार सबै अवरुद्ध भएका थिए।

विद्यार्थीहरूले लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन्मा उत्रिएका थिए ।  पटक–पटक उठाइएका मागहरू बेवास्ता भएको भन्दै उनीहरूले आन्दोलनसँगै तालाबन्दी गरेका थिए। यो पहिलो पटक मात्र नभइ, विगतमा पनि विश्वविद्यालयमा पटक–पटक तालाबन्दी हुँदै आएको थियो । 

यस्ता गतिविधिले शैक्षिक वातावरणलाई निरन्तर प्रभावित पार्दै आएको स्थानीय अभिभावक तथा विद्यार्थीहरूको गुनासो छ। सहमतिपछि विश्वविद्यालयका वार्ता समितिका सदस्यले  विद्यार्थीहरूको मागहरूप्रति विश्वविदयालय संवेदनशील रहेको बताए । विद्यार्थी संगठनका प्रतिनिधिहरूले संवादबाट समाधान भएको बताए । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.