बाजुराको बाम्का बजारमा भीषण आगलागी
जेठ २३, २०८२ शुक्रबार १७:५८:४१
बाजुरा : बाजुराको बाम्का बजारमा भीषण आगलागी भएको छ। बुढीगंगा नगरपालिका-६ बाम्कास्थित नवदुर्गा होटलमा ग्यास लिक भएर आगलागी भएको हो।
दमकलको सहायताले सुरक्षाकर्मी, स्थानीय बासिन्दाले आगलागी निभाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको विवरण आउन बाँकी छ।