क्यानभित्र बेथितिको चाङ, सन्दीपले किन त्यागे सम्झौता? नेपाली क्रिकेटबारे प्रदिपले खुलाए रहस्य
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी गरिरहेको छ। दोस्रो संस्करणको तयारी गरिरहँदा केही विवादित प्रश्न क्यान प्रशासन र बोर्डमाथि तेर्सिए। पहिलो संस्करणको विजेता टोलीले पुरस्कार रकम नपाउनु यसको मुख्य विषय रह्यो। नेपाली घरेलु क्रिकेटको उत्सवको रुपमा हेरिएको नेपाल प्रिमियर लिगको हालसम्म खर्च र आम्दानीको विवरण पनि सार्वजनिक भएको छैन।
क्यान कार्यसमितिको चुनाव यता सफल मानिएको नेपाल क्रिकेट संघको वास्तविकता, पारदर्शिता र विवादबारे हामीले क्रिकेट संघका केन्द्रीय बोर्ड सदस्य प्रदिप मजगैँयासँग कुराकानी गरेका छौं। दाङ क्रिकेट संघका अध्यक्षसमेत रहेका मजगैंयाले नेपाली क्रिकेटका केही जनचासोका विषयलाई लिएर उत्तर दिने प्रयास गरेका छन्।
क्यान किन पारदर्शी भएन, नेपालको सिनियर टिमको प्रदर्शन सुधारोन्मुख भइरहँदा नेपालको ए टिम कहाँ गयो र के कारणले ए टिमको अस्तित्व हरायो? क्यानले ए टिमको लागि प्रशिक्षक र सहायक प्रशिक्षकको कोटामा तलब दिएर राखेका प्रशिक्षकहरू कहाँ छन्? महिला टिमको भविष्य, क्यानको योजना र सन्दीप लामिछानेको सम्झौतालगायत प्रश्नको जवाफ खोज्ने प्रयास गरेका छौं।
प्रतिक्रिया दिनुहोस !