कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री

कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन त्रिबि क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका प्रधानमन्त्री ओली फर्किने क्रममा त्रिबि रंगशालाको निरीक्षण गरेका हुन्।

प्रधानमन्त्री ओलीले रंगशालाको प्रगति विवरणसँगै समयमै सकिन/नसकिने विषयको जानकारी लिएका थिए। नेकपा एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकबाट त्रिबि रंगशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थिए। तर, उनको निर्णय कार्यान्वयन हुन सकेन।

गत फागुन २० गतेबाट रंगशालाको निर्माण कार्य सुरू भएको थियो। पहिलो ६५ दिनमा निर्माण काम नसकिएपछि प्रधानमन्त्री ओलीले अन्तिमपटकका लागि भन्दै असार मसान्तसम्म समय तोकेका छन्। प्रधानमन्त्री ओलीसँगै सहरी विकास मन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका थिए। 

nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.