नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य

नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य

काठमाडौं : स्कटल्यान्डले नेपाललाई ३२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ३२३ रन बनाएको हो।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेले। उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए।

त्यस्तै चार्ली टियरले ६८ र फिन्ले एमक्रिथले १७ रन बनाए। माइकल लिस्क ९६ र मार्क वाट २१ रनमा अविजित रहे।  नेपालका लागि करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.