पावरप्लेमै नेपालको तीन विकेट पतन, ३ रन बनाएर कप्तान पौडेल पेभेलियन फर्किए

पावरप्लेमै नेपालको तीन विकेट पतन, ३ रन बनाएर कप्तान पौडेल पेभेलियन फर्किए
फाइल तस्बिर

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्यान्डमा जारी चौथो शृंखलाको तेस्रो खेलमा नेपालले पावरप्लेमा निकै कमजोर सुरुवात गरेको छ।

स्कटल्यान्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले पहिलो पावरप्लेको १० ओभरमा ३ विकेट गुमाउँदै ४५ रन जोडेको हो। 

३.५ ओभरमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखबीच रन लिने कि नलिने भन्ने निर्णय दुई मतमा बाझिँदा कुशल भुर्तेल रनआउट भएका हुन्। दुवै ब्याटर एउटै क्रिजमा हुँदा कुशल १७ रन बनाउँदै पेभेलियन फर्किए। 

दोस्रो विकेटको रूपमा ओपनर आसिफ शेखलाई बोल्ड आउटको रूपमा गुमायो। ४.४ ओभरमा आशिफ ८ रन मात्रै बनाउँदै पेभेलियनको बाटो फर्किए। ७.१ ओभरमा कप्तान रोहित पौडेल ३ रन बनाउँदै मुन्सेको हातमा क्याच भए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.