स्कटल्यान्डविरुद्ध भीम सार्कीको अर्धशतक
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्। उनले ६७ बलमा ५ चौका प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो अर्धशतक प्रहार गरेका हुन्।
उनले चौथो विकेटका लागि आरिफ शेखसँग ९४ रनको साझेदारी गर्दै मिडल अर्डर सम्हालेका थिए।
३१ ओभर सकिँदा उनी ७२ रन बनाएर नेपालको इनिङ्स सम्हालिरहेका छन्। नेपालले ४ ओभरको क्षतिमा १६१ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !