कीर्तिमानी जित निकाल्न ३ रनले चुक्यो नेपाल

कीर्तिमानी जित निकाल्न ३ रनले चुक्यो नेपाल
फाइल तस्बिर

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको जारी चौथो शृंखलामा नेपालले तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको छ। विकेट जोगाउन नसक्दा नेपालले कीर्तिमानी जित बनाउन चुकेका हो। 

डुन्डीको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपालको निर्धारित ५० ओभरमा ३२१ रन बनाउँदै अलआउट भयो। नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले सातौं विकेटका लागि १०५ रनको शतकीय साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए। 

अन्तिम २ ओभरमा नेपाललाई जितको लागि १६ रनको आवश्यकता थियो । ४९ ओभरमा ९ रन जोडेपछि नेपालले ६ बलमा जितका लागि ७ रनको आवश्यकता परेको थियो।

नेपालको क्रिजमा करण केसी र सन्दीप लामीछाने रहेका थिए। ४९.१ ओभरमा २ रन लिँदै करण केसीले क्रिज आफैंसँग राखे तेस्रो बलमा करण केसीको विकेट गयो। ४९.४ ओभरमा ललितले १ रन लिँदै क्रिज सन्दीपलाई सुम्पिए। ४९.५ ओभरमा सन्दीपले पुन १ रन लिए। १ बलमा नेपाललाई जित्न ३ रन चाहिएको अवस्था अन्तिम बलमा ललित राजवंशीलाई बोल्ड गर्दै स्कटल्यान्डले खेल नेपालको पोल्टाबाट खोस्यो। 

नेपालका लागि भिम सार्कीले सर्वाधिक ७३ रनको पारी खेले। उनले ८५ बल खेल्दै ८ चौका प्रहार गरे। नेपालले ३.५ ओभरमा ओपनरदेवय कुशल भुर्तेल र आसिफ शेखबिच रन लिने कि नलिने भन्ने निर्णय दुइ मतमा बाँझिदा कुशल भुर्तेल रन आउट भएका हुन्। दुवै ब्याटर एउटै क्रिजमा हुँदा कुशल १७ रन बनाउँदै पेभेलियन फर्किए। 

दोस्रो विकेटको रुपमा ओपनर आसिफ शेखलाई बोल्ड आउटको रुपमा गुमायो। ४.४ ओभरमा आशिफ ८ रन मात्रै बनाउँदै पेभेलियनको बाटो फर्किए। ७.१ ओभरमा कप्तान रोहित पौडेल ३ रन बनाउँदै मुन्सेको हातमा क्याच भए। 

पहिलो पावरप्लेको १० ओभरमा ३ विकेट गुमाउँदै ४५ रन जोडेको थियो। नेपालले १९.५ ओभरमा ३ विकेटको क्षतीमा १०२ रन बनाउँदै सय रन पूरा गरेको थियो। २५.२ ओभरमा नेपालले चौथो विकेटको रुपमा आरिफ शेखलाई गुमायो। ४ विकेट गुमाउँदा नेपालले १२८ रन बनाएको थियो। पाँचांै विकेट भिम सार्कीको गयो। 

छैटौं विकेटको रुपमा गुल्सन झाको विकेट गयो। उनले १३ बलमा १ छक्कासहित ११ रन बनाउँदै बाउन्ड्री लाइनमा म्याकेन्जि जोन्सबाट क्याच भए। सातौं विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीको विकेट गयो। उनले ३९ बलमा २ चौका र ३ छक्का प्रहार गरे। ४६.३ ओभरमा क्यासेलको हातमा क्याच भएका हुन्। नेपालले ४७.१ ओभरमा ३ सय रन पूरा गर्‍यो। 

नेपालले ३ सय रन पूरा गरेपछि आठौं विकेटको रुपमा सोमपाल कामीको विकेट गुमायो। ४७.६ ओभरमा ६७ रन बनाउँदै क्याच आउट भए। नवौं विकेटको रुपमा करण केसीको विकेट गएपछि भने नेपाल खेलमा पछि परेको थियो । अन्तिम विकेटको रुपमा नेपालले अन्तिम बलमा ललित राजवंशीलाई गुमायो। 

स्कटल्यान्डका लागि बलिङ तर्फ डेब्युटेन्ट मेकेन्जी जोन्सले सर्वाधिक ३ विकेट लिए। उनले आजको खेलबाट एकदिवसीय क्रिकेटमा स्कटल्यान्डका लागि डेबयु गरेका हुन्। माइकल लिस्क र सफ्यान सरिफले समान २–२ विकेट लिए। ब्रान्डन म्याकमुलेन र चार्ली क्यासेलले १-१ विकेट लिए। 

त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनाएको थियो। स्कटल्यान्डका लागि कप्तान रिची बेरिङटोनले सर्वाधिक १०२ रनको शतकीय पारी खेले। उनले ११४ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे। उनको सम्हालिएको पारीले स्कटल्यान्ड खेलमा फर्कियो। सुरुवाती २ विकेट निकै छिटो गुमाएको स्कटल्यान्डले कप्तान बेरिङटोनले पारीबाट पारी उकास्यो। ओपनर चार्ली टियरले ६८ रनको अर्धशतकीय पारी खेले। माइकल लिस्क ९६ रनमा अविजित रहेर मार्क वाट २१ रनमा अविजित रहे। नेपालको लागि करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए। 

नेपालले शृंखलाको अन्तिम खेल नेदरल्यान्ड्ससँग मंगलबार खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.