सामसङ इन्स्टा फाइनान्स अब अझ सजिलो
सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि अप्लाएन्स फाइनान्स सेवालाई अझ सहज र पहुँचयोग्य बनाएको छ। अब यो सेवा लिनका लागि ग्राहकको नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने गरी नयाँ सुविधा घोषणा गरिएको छ।
पहिले टिभिको लागि मात्र एक कागजातमा फाइनान्स प्रक्रिया सम्भव थियो भने होम अप्लायन्सहरूका लागि थप कागजात आवश्यक पर्ने अवस्था थियो। तर अबदेखि यो सुविधा सबै सामसङ होम अप्लाएन्सहरूमा पनि लागू गरिएको छ।
अब ग्राहकहरूले नयाँ टीभी वा होम अप्लाएन्स मात्र आफ्नो र ग्यारेन्टरको नागरिकता प्रमाणपत्र र २-२ वटा पासपोट साइजको फोटो लिएर, फारम बुझाएको एक घण्टा भित्रै घर लैजान सक्नेछन्। यो सेवा २०८२ जेठ १९ गते बाट लागू भएको हो र ३० % डाउनपेमेन्ट गरेपछि, १२ महिनाको किस्तामा ०% ब्याजदरमा उपलब्ध हुनेछ। सेवा ३० हजार वा त्योभन्दा बढी मूल्य भएका सामसङ टिभि र होम अप्लाएन्सहरूमा मात्र लागू हुनेछ।
सामसङको नवीनतम प्रविधि अब नेपाली ग्राहकहरूको पहुँचमा ल्याउने उद्देश्यले सुरु गरिएको यो योजना हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो। सामसङ इनस्टा फाइनान्स हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले वितरित गरिरहेका देशभर रहेका २००+ अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस !