नेप्से परिसूचक २३.१९ अंकले बढ्यो, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

नेप्से परिसूचक २३.१९ अंकले बढ्यो, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। आइतबार  ११.०६ अंकले घटेको  नेप्से यसदिन २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा अडिएको छ।

नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२४ स्क्रिप्सको १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख  ५० हजार  ३१९ रुपैयाँमा खरिदबिक्री भए।

साताको पहिलो कारोबार दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

मकर जितुमाया सूर्य हाइड्रोपावर,पियोर इनर्जी,दोल्टी पावर,बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुटवल पावरको  सेयर ९.८३ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा यसदिन राधी विद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर ६२ करोड २८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

युनिभर्सल पावरको ५४ लाखको सेयर कारोबार हुँदा बुटवल पावरको ५१ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३९ करोड र सीईडीबी होल्डिंग्सको ३७ करोडको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १९१ स्टक्सको मूल्य बढ्दा ५६ वटाको घट्यो। एक स्टकको मूल्य भने १ स्थिर रह्यो। यसदिन १० समूहको उपसूचक बढ्दा तीनवटाको घट्यो। हाइड्रोपावर र अदर्श समूहको उपसूचक २ प्रतिशत बढीले बढ्यो।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.