वाईसीएलको नेतृत्वलाई लिएर माओवादीमा खटपट, दीपशिखा भन्छन् : जनार्दन शर्मासँग चुनाव लड्छु

वाईसीएलको नेतृत्वलाई लिएर माओवादीमा खटपट, दीपशिखा भन्छन् : जनार्दन शर्मासँग चुनाव लड्छु

काठमाडौं : नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएल नेपालको महाधिवेशनलाई लिएर पार्टीभित्र खटपट सुरु भएको छ। वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्प ओलीको ७५ जना पदाधिकारी रहेको भद्दा कमिटी गठन भएपछि माओवादीका नेताहरु बीचमा सामाजिक सञ्जालमा जुहारी चल्न थालेको छ। आंकाक्षी र युवाहरुबीच अन्तरविरोध भएपछि केन्द्रीय कमिटी ठूलो भएको हो। 

संगठनमा उपाध्यक्षमा २२ जना, महासचिव र कोषाध्यक्ष १/१ जना, उपमहासचिव १९ जना र सचिव ३१ जना चयन गरेको छ। महाधिवेशनको नेतृत्व चयनको विषयलाई लिएर माओवादी भित्र चर्को असन्तुष्टि बढेको छ। पार्टीले निर्वाचन लड्न नदिएर खल्तीबाट नाम सुनाइएको भन्दै युवा नेताहरूसमेत नेतृत्वप्रति असन्तुष्ट व्यक्त गर्न थालेका छन्। अर्काथरीले भने नेता हुनुपर्ने खल्तिबाट निकालेर, चुनावी प्रक्रियामा नजानु नै माओवादी भित्रको समस्या भएको कतिपयको टिप्पणी गरेका छन्। 

यसैबीच माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले विधान पारित गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसीएललाई बन्धक बनाएरै छोडेको टिप्पणी गरेका छन्। वाइसीएलको खासै दोष नभएको बताउँदै उनले त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति पीडित भए त्यो इतिहासको गर्भमै रहने दाबी गरे।

‘विधान पास गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे। यसमा वाइसीएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भ मै रहला।’ शर्माले भनेका छन्, ‘जे जसरी होस एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाइसीएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

नेता शर्मालाई वाइसीएलका इन्चार्ज समेत रहेका पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले वाइसीएलमा जनार्दन शर्मा जहाँ चुनाव लड्छन् त्यही लड्न तयार रहेको जवाफ दिएका छन्। उनले जनार्दन पक्षको कुनै केहि नचलेपछि उनका आसेपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका हुन्। सापकोटाले शर्माले निर्वाचनमा जान नदिएको आरोप लगाएका छन्।

‘अनिल जी फ्याक्सर्नको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिए। (नाताले तपाईँको दाइ) आदरणीय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाइसीएल जस्तो संगठनलाई चुनाव लैजानुहुन्न भनी सहमति कुरा आएको छ। खास के हो ? अनि तपाईँहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केहि जानकारी कसैले गराइदिए हुने हो। मैले घुइरो घुँइरो सुनेको मात्रै छु।’ सापकोटाले लेखेका छन्, ‘वाइसीएलमा घुनपुतली नलागेपछि तपाई र अन्य आसेपासेले आजबाट सुरू गरेको प्रचार निन्दनीय छ। यस्ता पानी मरूवा चाल चल्न छोडेर साँच्चै लड्न आए हुन्छ। म माओवादीमा तपाईँका दाइ जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु।’

रनपहेलीले भने‘जनार्दनसँग चुनाव लड्छु भन्नुभन्दा पहिले तिम्रो वडाबाट सदस्य भएपनि चुनाव जितेर देखाउ न ! हैसियत बिनाको फुर्ति नलाउ। जनार्दन त जनप्रिय जननिर्वाचित नेता हुनुहुन्छ तिमी जस्तो गुलाम होइन।’

सोहि सवाल जवाफलमा अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले जनार्दन शर्मासँग नभइ महेश बस्नेतसँग चुनाव लडेर संसदमा आउन आग्रह गरेकी छन्। उनले लेखेकी छन्, ‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस् संसदमा हेर्न मन छ।’

यस्तै अखिल (क्रान्तिकारी)का पूर्व सचिव खेम रनपहेलीले दीपशिखालाई पार्टी संगठनमा तपाई पारस हो ? भन्दै प्रश्न गरेका छन्। ‘पार्टी तपाईँको पेवा पनि होइन ल। दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गरेको देख्नु भएन ?’  उनले लेखेका छन्।

यसैगरी एकराज केसीले अध्यक्ष र सिङ्गो कमिटीमाथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर दीपशिखाले वाइसियल कोल्याप्स गरेको दाबी गरेका छन्। उनले जनार्दनसँग चुनाव लड्छु भन्नुभन्दा वडावाट सदस्य भएपनि चुनाव जितेर देखाउन चुनौती दिएका छन्। केसीले भनेका छन्,‘अध्यक्ष र सिङ्गो कमिटी माथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर वाइसियल कोल्याप्स गरेको कुलङ्गार हो तिमि। वाइसियलको नाममा चन्दा र धन्दाले चलेको तिम्रो जीवन र कार/गाडि पनि सँगै खरानि बनाउनु पर्ने हो। जनार्दनसँग चुनाव लड्छु भन्नु भन्दा पहिले तिम्रो वडाबाट सदस्य भएपनि चुनाव जितेर देखाउ न ! हैसियत बिनाको फुर्ति नलाउ। जनार्दन त जनप्रिय जननिर्वाचित नेता हुनुहुन्छ तिमी जस्तो गुलाम होइन।’

वाइसीयलका उपाध्यक्ष सन्तोष पनेरुले विधान पास गरेको हलले गरेको र त्यसलाई त्यहि संशोधन गरेकाले कुनै चोरी काम नभएको दाबी गरे। उनले आकांक्षी र परिस्थितिका बिचमा अन्तरविरोध भएपछी गरिएको सन्तुलन  गरिएकाले दोष थुपरेर मज्जा लिन छोड्न आग्रह गरेका छन्।

उनले भनेका छन्,‘दिपशिखा जत्तिको कमाण्ड लिने ईन्चार्ज थियो र गुटहरुले (स्वार्थ समूहहरु)  धुजाधुजा पारेका अरु मोर्चाभन्दा वाइसियल जोगिएको छ। पार्टी हेडक्वाटरमा प्रतिबद्ध वाइसियलमा घुनपुतला लगाउन नसकेपछि अंगुर अमिलो भयो स्टाईलमा खुराफात सुरु भएको छ ! हो, सिगैं वाईसियल प्रचण्डमा केन्द्रिकरण छ। र त्यसको फिल्ड कमाण्ड लाइन, विचार र नेतृत्वको हिसाबले ईन्चार्ज दीपशिखाले गर्छ र सिंगै फोर्स आफ्नो कमाण्डरप्रति भरोसा राख्छ ! यसमा जलेर, पिर मानेर वा सराप हालेर खास अर्थ हुदैन् !’ 

यता अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष पवन कार्कीले अहिलेको वर्तमान परिस्थितिमा संगठनात्मक जीवनमा अवलम्बन गरिरहेको  तदर्थवादी तरिकाले भविष्यमा झन् बढी समस्या निम्त्याउने दाबी गरे।  माओवादीको आन्तरिक संगठनात्मक जीवनलाई व्यवस्थित गर्नका लागि नेतृत्व विकास र निर्माणको उपयुक्त विधि निर्माणका आधार र मोडेल तयार गर्न जुट्न आग्रह गरेका छन्।

‘हामी माओवादीहरुले आफ्नो आन्तरिक संगठनात्मक जीवनमा जे गरियो। त्यसैलाई ठीक गरियो भन्ने भन्दा पनि अहिले संगठनात्मक जीवनमा आइपरेका समस्या हरुको पहिचान गरी त्यसको समाधान कसरी गर्न सकिन्छ। त्यो चाहिँ आजको बहसको मुख्य विषय बनाएर समाधान तर्फ लाग्नु जरुरी भएको छ। अहिलेको वर्तमान परिस्थितिमा संगठनात्मक जीवनमा हामीले अवलम्बन गरिरहेको  तदर्थवादी तरिका (तत्कालको समस्याको गाँठो फुकाउने तरिका) ले भविष्यमा झन् बढी समस्या निम्त्याउने  छ। ’ उनले भनेका छन्,‘संगठनात्मक जीवनमा हामीले भोगी रहेका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ। आउनुहोस् ! माओवादीको आन्तरिक संगठनात्मक जीवनलाई व्यवस्थित गर्नका लागि नेता कार्यकर्ताको आन्तरिक मूल्यांकन,बढुवा र क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने नेतृत्व विकास र निर्माणको उपयुक्त विधि निर्माणका आधार हरु के के हुन् सक्छन। त्यसमा गम्भीर छलफल गरौं र उपयुक्त मोडेल तयार गर्न जुटौँ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.