नेपाललाई १० रन जरिवाना
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो शृंखलाको अन्तिम खेलमा आरिफ शेखको सम्हालिएको पारीको सहयोगमा नेदरल्यान्ड्सलाई २३७ रनको विजयी लक्ष्य दिएको छ।
डुन्डीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनायो। नेपालले १० रन पेनाल्टी रनको रुपमा गुमाउनु पर्दा नेदरल्यान्ड्सले जितको लागि २२७ रन बनाउनु पर्ने हुन्छ।
३६.२ ओभरमा ओभरमा र ३९.२ ओभरमा ब्याटर पिचमा कुद्दा नेपालले १० रन पेनाल्टीको रुपमा गुमाउनु पर्ने हुन्छ।
पावरप्लेमा नै दुवै ओपनरलाई गुमाउँदै नेपालले ३७ रन बनाएको थियो । तेस्रो विकेटको लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले ५१ रनको अर्धशतकीय साझेदारी गरे।
दुवै ब्याटरले ३५-३५ रन बनाए। दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए। बसिर अहमद र करण केसीले ११-११ रन बनाए।
नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ विकेट र आर्यन दत्तले १ विकेट लिए।
नेपालले पहिलो खेलमा स्कटल्यान्ड्समाथि १ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !