नन्दनले लिए डेब्यु विकेट
काठमाडौं : नन्दन यादवले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडोडको विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु विकेट लिएका छन्।
उनले ३.२ ओभरमा म्याक्सलाई लललित राजवंशीको हातमा क्याच गराउँदै एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको पहिलो विकेट लिएका हुन्।
उनले सोमपाल कामी घाइते हुँदा नेपालको प्लेइङ ११ मा मौका बनाएका थिए। ७ ओभर सकिँदा नेदरल्यान्ड्सले १ विकेट गुमाउँदै ३९ रन बनाएको छ।
प्रतिक्रिया दिनुहोस !