नेपाल पहिलो पटक लाओससँग पराजित
काठमाडौं : एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित भएको छ। लाओसको घरेलु मैदानमा नेपाल २-१ ले पराजित भएको हो। खेलको १३औं मिनेटमा लाओसको लागि दामोथ थोङ्खामसाभाथले हेडरमार्फत गोल गर्दै लाओसलाई अग्रतामा लगेका थिए।
पहिलो हाफमा १-० को अग्रता बनाएको लाओसले दोस्रो हाफको सुरुवातमा नै अर्को गोल थप्यो। लाओसको लागि खेलको ४९ औं मिनेटमा पिटर पान्थावोङले गोल गर्दै लाओसलाई २-० को अग्रतामा पुर्याएका थिए।
नेपालका लागि एक मात्र गोल मनिष डाँगीले गरे। खेलको ७३औं मिनेटमा मनिष डाँगीले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काउने कोशिस गरेका थिए। तर, त्यसपछि कुनै पनि गोल गर्न नसक्दा नेपाल पहिलो पटक लाओससँग हारेको हो।
नेपाल र लाओसले हालसम्म ६ खेल खेल्दा नेपाल हालसम्म पराजित भएको थिएन । ४ खेल बराबरीमा सकिँदा २ खेलमा नेपालले लाओसलाई पराजित गरेको थियो। समूह एफमा रहेका यी दुवै टोलीले पहिलो खेलमा हार व्यहोरेका थिए।
प्रतिक्रिया दिनुहोस !