अमेरिकाबाट निष्कासनमा परेका ३७ जना कागजपत्रविहीन, फर्काइनेहरूको विवरणसहित

अमेरिकाबाट निष्कासनमा परेका ३७ जना कागजपत्रविहीन, फर्काइनेहरूको विवरणसहित
एआई सिर्जित तस्बिर

काठमाडौं : अमेरिकाले एकैपटक ३७ जना नेपालीलाई निष्कासन गर्‍यो। तल्लो बाटो हुँदै अवैधरूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई ओम्नी एयरलायन्सको 'ओवाई३१४६' उडानबाट आइतबार काठमाडौं फर्काइएको हो।

नेपाल फर्काइनेमा ३२ जना पुरुष र ५ जना महिला छन्। स्रोतका अनुसार निष्कासनमा पर्नेमा घिसिङ, वली, पुर्जा, कुमाल, खत्री, मगर, खत्री, बुढाथोकी, परियार, केसी, बोहोरा, सुनार, शेर्पा र केसी थरका एक-एक जना रहेका छन्। 

त्यस्तै घोसाई, पगामी, घर्ती, वली, भण्डारी, पुन, बुढाथोकी, रिजाल, कँडेल, रावत, लामिछाने, वली, राना मगर, बस्नेत र हमाल थरका एक-एक जना रहेका छन्। त्यस्तै राई, केसी, बस्नेत, केसी, बोहोरा, मगर र परियार थरका एक-एक जना रहेका छन्।

उनीहरू विभिन्न समयमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। केही नेपाली सीमा क्षेत्रबाटै पक्राउ परेका थिए भने केहीलाई लकीछिपी काम गरिरहेका स्थानबाट पक्राउ गरेका थिए।

अमेरिकाको आइस प्रहरीले(इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट) ती नेपालीहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। पक्राउ पर्दा ३७ जनै नेपालीसँग पासपोर्टलगायतका महत्त्वपूर्ण कुनै कागजात नरहेको स्रोतले जानकारी दिएको छ। आइस प्रहरीले अमेरिकास्थित नेपाली दूतवाससँगको पहलमा पक्राउ परेका नेपालीहरूको 'ट्राभल डकुमेन्ट' बनाएर नेपाल फर्काएको थियो।

आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनीहरू एउटा बोराबाहेक रित्तै बाहिर निस्किएका थिए। उनीहरूल बोरा बोकेर बाहिरिँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल पनि बनेको थियो। नेपाल फर्काइएका सबै जना मानव तस्करको प्रलोभनमा परेर अमेरिका गएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।
फर्काइएका अधिकांश व्यक्तिले कम्तीमा ५० लाख तिरेर अमेरिका गएको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवर बताउँछन्। उनका अनुसार फर्किएका एक युवाले त १ करोड ४० लाख खर्चिर अमेरिका पुगेका थिए। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। निष्कासित परेका नेपालीहरू दिनहुँजसो काठमाडौं आउने गरेका छन्। त्यसो त अमेरिकाले नै चार्टर्ड विमानमार्फत यसअघि पनि नेपालीहरूलाई फर्काएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.