कबीर जयन्तीमा मधेश प्रदेशमा आज सार्वजनिक विदा
जनकपुरधाम : मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७ औं जयन्तीमा सार्वजनिक विदा दिइएको छ । मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो। गत वर्ष उनका अनुयायीहरूले सदगुरु प्रकाटय दिवसमा सार्वजनिक विदाको मागसहित सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो।
कबीर साहेव ६२७ वर्षअघि काशी शहर नजिकको लहेरतारा तलाउमा ब्रम्हमुर्हत पारेर सशरीर र सतलोकबाट बालक रुप धारण गररी फक्रेको कमलको फूलमा लीला गर्न विराजमान हुन् आएका थिए भन्ने मान्यता छ । नियमित रुपमा तत्कालिन समयका धुरन्धर,चर्चित रामानन्द ऋषिका शिष्य अष्टानन्द ऋषिले यो दृष्य प्रत्यक्ष देखेको ग्रन्थहरूमा उल्लेख छ ।
कबीर पन्थी अर्थात् कबीर पथ धर्मावलम्बीहरूले कबीर पथ अर्थात कबीर पन्थी धर्मलाई जनगणना गर्दा समावेश गर्नुपर्ने माग अनुयायी सत्यनारायण आलोकले गरेका छन् । कबीर धर्मालम्बीहरुको संख्या नेपालमा २० लाखको रहेको भन्दै उनले धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका छन्।
कार्यक्रममा बोल्दै कविपथ धर्म सभाका अध्यक्ष सत्यनारायण आलोकले राष्ट्रिय जनगणना २०७८ को जनगणना फारममा कवीरपथ धर्मको महल स्पष्ट रुपमा समावेश गर्न सरकारसँग माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे। उनले भने,‘२० लाख बढी संख्यामा अनुयायी रहेको कबीर धर्मलाई जनगणना गर्दा समावेश गराइनुपर्छ ।’
कवीरपथ धर्म विकासको लागि कवीरपथ धर्म कोष स्थापना गर्नुपर्ने उनको माग छ ।
उनले कवीरपथ धर्म विभिन्न जातजाति, धर्म, संस्कृतिहरूलाई संरक्षण,सम्वर्द्धन र विकास गर्न स्थापना भएको बताए । उनले भने,‘सदियौंदेखि नेपालको भूमिमा लाखौं लाखको संख्यामा रहि आए पनि कवीरपथ धर्म नेपाल सरकारको तथ्यांकमा सत्यतथ्य समाहित नभएको हुँदा कवीर पथ धर्मालम्बीहरू धार्मिक पहिचानविहीन भएका छौं ।’
प्रतिक्रिया दिनुहोस !