बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रमा मुख्यसचिव अर्यालद्वारा निरीक्षण
काठमाडौं : मुख्यसचिव एकनारायण अर्यालले बीपी राजमार्ग क्षेत्रमा बाढीले क्षति पुर्याएको पूर्वाधारको निर्माण वर्षा अगावै सक्न निर्देशन दिएका छन्। बुधबार क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै मुख्यसचिव अर्यालले सरोकारवाला निकायलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन्।
गत वर्ष आएको बाढीले बीपी राजमार्गमा पर्ने सडक बगाएको थियो। सडकसँगै थुप्रै भौतिक पूर्वाधारमा पनि क्षति पुर्याएको थियो। मुख्य सचिव अर्यालले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्मा, आयोजना प्रमुख र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समयमै काम सक्न निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा उनले निर्माण व्यवसायीलाई पनि समयमै काम सक्न निर्देशन दिएका थिए। मुख्यसचिव अर्यालले निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन परियोजना र सूर्यविनायक-धुलिखेल सडकको समेत निरीक्षण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !