प्रतिनिधिसभा बैठक स्थगित, भोलि १ बजे बस्ने
काठमाडौं : प्रतिनिधिसभा बैठक स्थगित भएको छ। विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम फिर्ता लिई बैठक स्थगित गरेका हुन्।
उनले अर्को बैठक शुक्रबार १ बजेका लागि बोलाएका छन्। बैठक सुरू भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध गरेका थिए। सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने र सदनको कामलाई सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए।
तर, विपक्षी दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन समिति पनि बनाउनुपर्ने अडान दोहोर्याएका थिए।
प्रतिक्रिया दिनुहोस !