भारतमा भएको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट भएको एयर इन्डियाको जहाज दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले जहाज दुर्घटनाले आफू स्तब्ध भएको र मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बिहीबार दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको उक्त एयर इन्डियाको जहाज बस्तीमा खसेको थियो। दुर्घटनामा २४२ जना यात्रु सवार रहेको र तीमध्ये ६१ जना विदेशी नागरिक रहेका छन्।
प्रतिक्रिया दिनुहोस !