विद्यालयमा ‘हामी साथी साथी’ कार्यक्रम

विद्यालयमा ‘हामी साथी साथी’ कार्यक्रम

झापा : झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ३० वटा विद्यालयमा ‘हामी साथी साथी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। 

माध्यमिक तहमा अध्ययनरत बालबालिकाहरूलाई मनोसामाजिक परामर्श, जीवनोपयोगी सीप र लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि स्वयम् बालबालिकाहरूलाई सहभागी गराइ साथी साथी बीचमा अन्तरक्रिया तथा अनुभूति बाँडफाँड गरी साथी शिक्षाको माध्यमबाट समस्या पहिचान तथा निराकरणका गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको नगर शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी योगेन्द्र पौडेलले जानकारी दिए। 

नगरभित्रका एक धार्मिक, ८ सामुदायिक तथा २१ निजी विद्यालयमा ५० प्रतिशत छात्राको सहभागितामा १५ सदस्य विद्यालयस्तरीय समूहहरू गठन गरिसकेको उनको भनाइ छ। 

कक्षा ८, ९ र १० बाट विद्यालयमा गठित हामी साथी साथी समूहहरूले मनोसामाजिक समस्याहरूको पहिचान गर्ने, जीवनोपयोगी सीपहरूको विकास गर्ने, सहानुभूति भावनाको विकास गर्ने, किशोरकिशोरीहरूमा आउने मानसिक तथा सामाजिक परिवर्तनका असरहरू बारे जानकारी प्रदान गर्ने, विद्यार्थीहरूमा सकारात्मक सोचको भावना विकास गर्ने , पारिवारिक र सामाजिक जिम्मेवारिको बोध गराउने, बालबालिकाहरूको नेतृत्व क्षमता विकास गर्ने, लागु पदार्थ दुर्व्यसन र कुलतमा लाग्नबाट जोगाउने र साथी साथी बीचमा अन्तरक्रियात्मक भावनाको विकास गराइ साथीको समस्याप्रति अपनत्व भावको विकास गर्ने मुख्य लक्ष्य रहेको उनले बताए। 

यसैबीच शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा मानव कन्सल्टिङ बिर्तामोडको प्राविधिक सहयोगमा मनोसामाजिक समस्या पहिचान तथा परामर्श सम्बन्धी हामी साथी साथी समूह र फोकल शिक्षकहरूलाई अभिमुखीकरण दिइएको छ। भद्रपुरस्थित डेग्लो होटेलमा बिहीबार आयोजित कार्यक्रममा ३० वटा विद्यालयबाट चार जना दरले एक सय २० जना विद्यार्थी र फोकल शिक्षकहरूले सहभागिता थियो। 

सहभागीहरूलाई मनोसामाजिक परामर्शकर्ता गोविन्दराज कट्टेलले सहजीकरण गरेका थिए। उनले मनोसामाजिक समस्याहरूको पहिचान, बालबालिकामा मानसिक तथा सामाजिक परिवर्तनका असर, लागूऔषध दुर्व्यसनी लगायतको बारेमा जानकारी गराएका थिए। 

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले पछिल्लो समयमा कार्य व्यस्तताले अभिभावकहरूले आफ्ना छोराछोरी बढी समय दिन नसक्नु, सामाजिक सञ्जाल लगायत अन्य विविध कारणले मनोविज्ञानसँग जोडिएका नयाँ नयाँ समस्याहरू चुनौतीको रूपमा आइरहेका छन्। त्यसैले यो शिक्षामार्फत साथी साथीबीच कुराकानी गराइ बालबालिकामा आउने सक्ने सम्भावित समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर विद्यालयस्तरमै यो कार्यक्रम सञ्चालनमा ल्याएको नगर प्रमुख पोखरेलले बताए। 

अहिले लागूऔषध प्रयोग तथा सेवनकर्ताको जर्जर अवस्था रहेको बताउँदै उनले भने, ‘लागूऔषधरहित समाज निर्माणका लागि हामी साथी साथी समूहले विद्यालयस्तरमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।’ त्यस्तै नगर उपप्रमुख राधा कार्कीले विद्यालयमा सञ्चालन भइरहेको यस्ता कार्यक्रमले बालबालिकाहरूमा सकारात्मक सोचको विकास, पारिवारिक तथा सामाजिक जिम्मेवारी निर्वाहमा मद्दत पुग्ने बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.