गुरु र शुक्र : उदय र अस्त

गुरु र शुक्र : उदय र अस्त

सत्य र असत्य, सुर र असुर, देव र दानव सत्ययुगदेखिकै कुरो हो । हिंसा रुचाउने भनिएका असुरका गुरु हुन् शुक्राचार्य र अहिंसा रुचाउने देवताका गुरु हुन्, वृहस्पति । सुर र असुर एकै बाबु कश्यपका सन्तान हुन् । कश्यपकी पत्नी दितीबाट दानवहरू जन्मे, अदितीबाट देवताहरू । देवताहरूले गुरु, वृहस्पतिलाई बनाए भने दानव भनौं असुरहरूले गुरु बनाए शुक्राचार्यलाई । वृहस्पति र शुक्र फरक होइनन् शरीरले तर आचरण फरक रह्यो व्यवहारले । असुर पक्षधर शुक्र मदिरामा पनि रमाउँथे भने सुर प्रिय वृहस्पति अमृतमा मात्र । यी दुवैको उदय र अस्त हुन्छ ।

पृथ्वी खासमा यो कलियुगमा हामी सुर पनि छौं र असुर पनि । हामी यहाँ जे काम गर्छौं, गुरुहरूको सान्निध्य जरुरी छ । तिनको उदयमा गरिएका कामले सफलता पाउँछन् भने अस्त हुँदा तिनको दृष्टि हुन्न र हामीले कर्मफल प्राप्त गर्न सक्दैनौं । २०८२ जेठ २९ गते गुरु पश्चिम दिशामा १७.७ बजे अस्त र असार २२ गते पूर्व दिशामा ६.५३ बजे उदाउँदैछन् । शुक्र भने मार्ग २७ गते पूर्वमा १२.२५ बजे अस्त र माघको १५ गते पश्चिमतिर उदाउँदैछन् । अस्ताएका बेला गर्न नहुने कार्यहरू :
वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठे व्रतारम्भोत्सर्गवधूप्रवेशन महादानानि सोमाष्टके । 

गोदानाग्रयण प्रपा प्रथमकोपाकर्मवेदव्रतनीलोदामथातिपन्नशिशुस्कारान् सुरस्थापनम् ।। 
दीक्षा मौन्जी विवाह मुण्डनपूर्वदेवतीर्थेक्षणं संन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाभिषेकौ गमम् । 
चातुर्मास्यसमावृतीश्रवणयोर्वेधं परीक्षां त्यजेदृद्धत्वास्तशिशुत्व इज्य सितयोन्र्यूनाधिमासे तथा ।।

अर्थात्, स्नान, सन्ध्या, पान्चायन पूजा, दुर्गा पूजा, तुलसी विवाह, तुलसी हवनजस्ता नित्य कर्महरू र श्राद्ध, तर्पण, आशौच, मृतकार्य आनि नैमित्तक कार्यहरू गुरु शुक्र अस्तमा गर्न हुन्छ रकाम्य कर्म भनौं वाग्, बगैंचा निर्माण, इनार, कुवा, तलाउ, जलाशय, मन्दिर निर्माण, गृहारम्भ, गृह प्रवेश, देव स्थापना, प्राणप्रतिष्ठा आदि र चान्द्रायण आदिको व्रतारम्भ, उद्यापन कार्य, वधू प्रवेश, तुला आदि महादान, प्रथम उपाकर्म, वेदव्रत, वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, चूडा, व्रतबन्ध, विवाह, पहिलो देवदर्शन, पहिलो तीर्थयात्रा, अग्निहोत्रादि कर्म, सन्न्यास व्रत, पहिलो राजदर्शन, राज्याभिषेक, समावर्तन कर्णवेध, दिव्य परीक्षा आदि कार्य गर्नु हुन्न, दोष लाग्छ । गुरु, शुक्रको बाल, वृद्ध अवस्था अनि क्षयमास, मलमास र विश्व घस्रपक्षमा पनि गर्नु हुन्न । शुक्र, वृहस्पति हाम्रा कर्मका साक्षी हुन्, फलदाता पनि, तिनलाई साक्षी नराखी गरिएका कर्मको फल हामीले पाउँदैनौं, ती अस्त भएका बेला हाम्रो काम देख्दैनन्, हरदम ती उदय भइरहन्नन् ।

नव ग्रहका राजा सूर्य हुन् हाम्रा आत्मेश्वर, दिउँसोका साक्षी, रातका साक्षी हुन् चन्द्र । हाम्रा मनका कारक ग्रह, ती पनि पूर्ण हुन्नन्, शुक्ल पूर्णिमामा मात्र महिनामा एक दिन पूर्ण हुन्छन् चन्द्रमा । जसलाई हिजोआजको भाषामा पूmलमुन भनिन्छ । हाम्रो मास, तिथि, औंसी, पूर्णिमा सबै १२ राशि, २७ नक्षत्र सम्बद्ध छन् । वर्षको बाह्र महिना हरेक एक महिनामा सूर्य एक राशिमा परिभ्रमण गर्छन्, जस्तै राशिको पहिलो नाम मेषमा सूर्य वैशाख महिनामा हुन्छन् भने क्रमशः बाह्रौं राशि मीनमा सूर्य चैत्रमा हुन्छन् । वार्षिक, एक वर्ष भनौं सूर्यमासले १२ महिनामा ३ सय ६५ दिन हुन्छ र चन्द्रमासले तिथिअनुसार ३ सय ५४ दिन हुन्छ । करिब एक वर्षमा १० दिनको पृथकताले बढी हुने दिन तिथिसँग मेल गराउँदा लगभग ३ वर्षमा एक अधिकमास हुन्छ । आउने वर्ष जेठमा यस्तो मास परेको छ । अधिक या क्षय मासमा पनि माथि भनिएका कर्महरू गर्नु हुन्न । संक्रान्तिबिनाको मास अधिक मास हुन्छ भने १५ दिने पक्ष १३ दिन मात्र हुँदा विश्वघस्रपक्ष हुन्छ कहिलेकहीँ मात्र पर्छ यो ।

चन्द्र र सूर्यको मेल पनि के छ भने वैशाखको औंसीका चन्द्रमा मेष राशिमै हुन्छन्, जेठ औंसीका चन्द्रमा वृषमै हुन्छन्, आषाढ औंसीका चन्द्रमा मिथुनमै, श्रावण औंसीका कर्कटमै, भाद्र औंसीका सिंहमै, आश्विन औंसीका कन्यामै, कात्तिक औंसीका तुलामै, मार्ग औंसीका वृश्चिकमै, पौष औंसीका धनमै, माघ औंसीका मकरमै, फाल्गुण औंसीका कुम्भमै र चैत्र औंसीका मीनराशिमै हुन्छन् चन्द्रमा । अभिजितसहित नक्षत्र २८ भनिन्छ तर गिन्तीमा यी २७ नै हुन्छन् । एक नक्षत्रमा चार चरण हुन्छन् एक नक्षत्रले ६० घडी भोग गर्छ, एक घडीमा २४ मिनेट हुन्छ, दुई नक्षत्र र तेस्रोको एक चरणले एक राशि हुन्छ । अश्विनीदेखि रेवतीसम्मका २७ नक्षत्रमा चन्द्रमाले भोग गर्छन्, २७ नक्षत्र ती कन्याहरूले चन्द्रमासँग सामूहिक बिहे गरे, २७ मा अतिप्रिया रहिन् रोहिणी । अन्य पत्नीहरूले चन्द्रपतिले बाबुसँग कम प्रेम गरेको भन्ने उजुरी गर्दा ससुराले उनलाई नराम्रो अनुहार होस् भनी श्राप गरेका र गणेशको भद्दा शरीरप्रति चन्द्रमाले घृणा गरेकाले समेत गणेशजी क्रुद्ध भई नराम्रो देखिन श्राप परेकाले चन्द्रमा सधैं पूर्ण हुन्नन्, अधुरो, अपूर्ण र गणेशसँग क्षमा मागेकाले महिनामा एक दिन पूर्णिमामा पूर्ण अनुहारका भएका हुन् ।

नक्षत्रको महिना र राशिगत मिलन के छ भने विशाखा नक्षत्रले वैशाख, ज्येष्ठा नक्षत्रले ज्येष्ठ, पूर्वाषाढा बा उत्तरषाढाले आषाढ,    श्रवण नक्षत्रले श्रावण, पूर्वभाद्रपदा बा उत्तरभाद्रपदाले भाद्र, अश्विनीले आश्विन, कृतिकाले कात्र्तिक, मृगशिराले मार्गशीर्ष, पूष्यले पौष, मघाले माघ, पूर्वाफाल्गुणी बा उत्तराफाल्गुणीले फाल्गुण, चित्रा नक्षत्रले चैत्र हुन्छ । हिजोआज हामी महिनाको नाम पनि शुद्ध लेख्न जान्दैनौं, ज्येष्ठलाई जेठ भन्छौं, आषाढलाई असार यस्तै यस्तैमा हामी अभ्यस्त भइसकेका छौं । संसारमा तीन गुण विद्यमान छ, रज, तम र सत्य, समय पनि भूत, वर्तमान र भविष्य तीन प्रकारको छ । संसार यसैमा चलेको छ, सृष्टि, स्थिति र संहार अनि हामी पनि । मानिसको तीन गुण छ राजसी, तामसी र सात्विक । तमोगुण अँध्यारो हो, रजो गुण केही उज्यालो धेरै अँध्यारो हो र सत्व गुण पूर्ण प्रकाश हो, आभा हो ।

ईश्वर यी तीन गुणमै भिन्न छ, ऊ गुणातीत हो, कालभन्दा पृथक् छ । त्यसैले ईश्वर कालातीत हो, ऊ प्रकृतिदेखि पर छ । हामी प्रकृतिभित्र छौं, हामीसँग कहिले कुन गुण कहिले कुन गुण हुने गर्छ । सत्व गुण नै हावी हुने हो भने देवता नै हुन्छ । यद्यपि देव भन्नु र ईश्वर त्यसभन्दा माथि परमेश्वर भन्नु सर्वोच्च हो । अतः देवताहरू पनि परमपुरुष, परमात्मा, परमेश्वरको चिन्तन गर्छन् । स्वर्ग अस्थायी डेरा हो । तिनको गोलोक तिनको आ   श्रयस्थल हो । गोलोकमा नामधारी पृथक् देवता हुन्न एकमात्र अविनाशी हुन्छ, अव्यय र अखण्ड, अनि अजन्मा, अलौकिक पनि । हामी लौकिक भएकाले भ्रममा छौं, अलौकिक हुँदा मात्र भ्रम टुट्छ र मोहको क्षय भई मोक्ष हुन्छ ।

कर्मको खेती गरुन्जेल र भक्तिमार्गमा विश्राम नलिउन्जेल जन्म मृत्युको चक्कर चलिनै रहन्छ, अनेकानेक योनिहरूमा भडकरहनु पर्छ । अज्ञानताको पर्दा नहटेसम्म मोक्ष सम्भव छैन, ती पर्दाहरू हजारौं हजार छन् र मोटामोटी रूपमा ३२ वटा छन्, ती ३२ पर्दाले ईश्वरमा छेकबार लगाएको हुन्छ र सहजै ईश्वर आपूmसँग भएको भान नै हुन्न, कर्म गरेर धर्म बा ईश्वर प्राप्तिभन्दा पनि नगर्दा बढी दोष लाग्छ । अतः कर्म गर्नुपर्छ तर कसैलाई साक्षी राखेर । कर्म गर्दाका प्रत्यक्ष साक्षी बस्ने त सात्विक भावका लौकिक गुरुहरू होलान् तर अप्रत्यक्षका गुरु वृहस्पति र शुक्र पनि हुन्, तिनले नदेख्ने गरी ठूला पुण्य 
बा शुभ कर्म नगर्न यसैले भनिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.