जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनिकरणका लागि एएमएन ईभी र्‍याली भोलि, तयारी पूरा

जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनिकरणका लागि एएमएन ईभी र्‍याली भोलि, तयारी पूरा

काठमाडौं : जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनिकरणका लागि सचेतना जगाउन आयोजन गरिएको ‘इभी र्‍याली’ को तयारी पूरा भएको छ । शनिबार बिहान ८ बजेबाट भृकुटीमण्डपमा अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा हुन गइरहेको एएमएन ईभी र्‍यालीको तयारी पूरा भएको हो । यो र्‍याली चौथो संस्करण हो ।

अन्नपूर्ण मिडिया नेटवर्कले जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनिकरणको सचेतना सन्देश प्रवाह गर्न हरेक वर्ष ईभी र्‍याली गर्दै आइरहेको छ। 'अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले र्‍यालीका क्रममा उठेका जलवायु परिर्वतन र वायु प्रदूषणका एजेन्डाहरूलाई प्रभावकारी ढंगले अघि बढाउने बताए। उनले भने, ‘यसपटक हामी र्‍यालीका क्रममा उठेका जलवायु परिर्वतन र वायु प्रदूषणका एजेन्डाहरूलाई अन्तर्राष्ट्रिय गर्नका लागि युएनको ध्यानाकर्षण गरानेछौं।'

उनका अनुसार जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनिकरणको सचेतना अभियानमा ३५ वटा कर्पोरेट हाउसहरूले सहकार्य गरेका छन् । ईभी र्‍यालीको मुख्य प्रायोजनमा हुन्डाई, इन एसोसियएन ग्लोबल आईएमई बैंक,पार्वडबाई टाटाको कर्भ डट इभी,प्रोटोन इमास, अर्थर, ड्रिभनवाई स्काइओयल, ग्रिन पावर पार्टनर नेपाल विद्युत प्राधिकरण, मोबिलिटी पार्टनर इन्ड्राभ, क्लाइमेटजस्टीस् पार्टनर सेभ द चिल्ड्रेन, इन्सुरेन्स पार्टनर ओरियन्टल इन्सुरेन्स, हस्पीटालिटी पार्टनर हिल्टन काठमाडौं,एजुकेशन पार्टनर नामी कलेज, अब्रोड स्टडी पार्टनर केआईइसी,जेरो इमिसन पार्टनर नामी, इम्पावरमेन्ट पार्टनर फोन पे, एयरलाइन्स पार्टनर यति एयरलाइन्स, रिफ्रेसमेन्ट पार्टनर रियलजुस, हाईड्रेसन पार्टनर  जल्पाफ्रेस, टि पार्टनर अरोमा, मेडिकल पार्टनर स्टार हस्पीटल, इन्टरनेश पार्टनर सुबिसु, फुड पार्टनर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, ग्रिन पार्टनर साथसाथै, इपान, सस्टेनाबिलीटी पार्टनर अभ्नी सेन्टर फर सस्टेनाबिलीटी, इनर्जी पार्टनर घामपावर, सपोटेडवाईमा आर्कश फुड, राष्ट्रिय बाणिज्य बैंक, डब्लुडब्लुएफ, सिटिजन्स बैंक, हेन्ड्रीभोल्स्, सिम्रिक एयर,जेहो रहेका छन्।

जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनिकरण गर्न सचेतना अभियान भएकाले र्‍यालीमा सहभागिताका लागि आग्रह समेत गरेका छन्।  ‘जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनिकरण गर्न सचेतना यो अभियानमा उपस्थित भइदिनुहुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ,'महाप्रबन्धक बस्नेतले भने।

र्‍यालीसँगै दिनभर भृकृटीमण्डलमा इभीका सवारीसाधनहरू, खानाका स्टलहरू रहनेछन । बालबालिकाका लागि किड्जोन र सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरू पनि रहेका छन् । लाइभ कन्सर्टमा बाल गायक प्रयुश गौतम, गायिक सज्जा चौलागाई, बेनीशा पौडेल, लक्ष्मी आर्चाय, गायक पवन गिरी, करण परियारले सांगीतिक प्रस्तुति दिनेछन् भने हास्यकलाकार दिनेश काफ्ले (हाउडे दाई)ले मनोरञ्जनात्मक प्रस्तुतिका साथ सहभागीहरूलाई मनोञ्जन प्रदान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.