रास्वपाको विरोधका बावजुद रोष्टमबाट गृहमन्त्रीले भने- भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुन सक्दैन

रास्वपाको विरोधका बावजुद रोष्टमबाट गृहमन्त्रीले भने- भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुन सक्दैन

काठमाडौं : सभामुख देवराज घिमिरेले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोधका सदन सञ्चालन गरेका छन्। सभामुख घिमिरेले रास्वपाको नाराबाजीबीच गृहमन्त्री रमेश लेखकलाई बोल्ने समय दिएका हुन्।

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन्। उनले आफूविरुद्ध नियोजित षड्यन्त्रका रूपमा यो विषय ल्याइएको आरोप लगाए। उनले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि विभिन्न आरोप लगाइएको बताए।

'भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन र हुन सक्दैन। मेरा विरुद्धमा नियोजित रूपमा षड्यन्त्र भएको छ। त्यसको म खेद प्रकट गर्न चाहन्छु,' उनले भने।

संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने उनको भनाइ छ। 'यसअघि यस्ता विषयमा कति जना मन्त्रीले जवाफ दिनुभएको छ,' उनले प्रश्न गरे।

उनले भ्रष्टाचार नियन्त्रणका लागि आफू थप क्रियाशीलता रहने र अनुसन्धानमा कुनै प्रभाव पार्ने काम नगर्ने बताए। 'अनुसन्धानमा प्रभाव पार्ने काम हुनु हुँदैन भन्ने म स्पष्ट छु। गृहमन्त्री पदको दुरुपयोग गरेको भन्ने कुरा गलत छ। म त्यस्तो गर्दिनँ,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.