ईभी र्‍याली

वातावरण संरक्षणको प्रश्नलाई गम्भीररुपमा लिएर सरकार अगाडि बढिरहेको छ : अर्थमन्त्री पौडेल

वातावरण संरक्षणको प्रश्नलाई गम्भीररुपमा लिएर सरकार अगाडि बढिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्वच्छ वातावरणसहितको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अन्नपूर्ण मिडिया नेटवर्कको ‘ईभी र्‍याली’लाई सम्बोधन गर्दै उनले वातावरण संरक्षणको प्रश्नलाई अत्यन्त महत्वपूर्ण लिएर सरकार अगाडि बढिरहेको बताएका हुन्।

‘यो कुनै देश विशेषको होइन। पृथ्वीको साझा विषय हो। यो विषयमा संसारभर छलफल भइरहेको र वातावरणको पक्षमा योजना बनिरहेका छन्।’ अर्थमन्त्री पौडेलले भने,‘एकातिर विकासको आवश्यकतालाई सम्बोधन गर्नुछ। अर्कोतिर स्वच्छ वातावरणको सुरक्षा गर्नु छ। स्वच्छ वातावरणसहितको विकास प्रत्याभूत गर्नुछ।’

उनले सरकारले जलवायु परिवर्तन र वायु प्रदूषण न्यूनीकरण गर्न सचेतना जगाउन र नीति निर्माणमा पनि सरकारले ध्यान दिइरहेको उल्लेख गरे। 

रिसाइकलिङ नहुने पातलो प्लाष्टिकको उत्पादन रोक्न सरकार लागि परेको उनले बताए। उपत्यकाको प्रदूषण कम गर्न मौफसलमा जान चाहनेलाई नि :शुल्क लिज उपलब्ध गराउने गरी बजेट निर्माण गरिएको बताए। उनले सगरमाथा संवादलाई विश्वव्यापीरुपमा लैजाने बताए।

 कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले वातावरण संरक्षणका लागि 𝐃𝐫𝐢𝐯𝐞 𝐆𝐫𝐞𝐞𝐧, 𝐁𝐫𝐞𝐚𝐭𝐡𝐞 𝐂𝐥𝐞𝐚𝐧 भन्ने नाराका साथ अभियान थालिएको बताए। उनले मिडियाको काम समाचार सम्प्रेषण गर्ने मात्र नभई वातावरण संरक्षणमा पनि भूमिका खेल्नुपर्ने सोचेर यो अभियान अगाडि बढाइएको बताए। उनले हिमालमा हिउँको लेभल घट्दै गएको उल्लेख गरे। null

कालो हिमाल हेर्दा दिक्क लागेको बताउँदै उनले भने,‘जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल कालो पहाड देखिन थालेका छन्। हिमालमै हिँउ पर्न छाडिसकेका छन्। कालो हिमाललाई के हुन्छ ? मानव सभ्यतालाई कस्तो असर पुग्छ सोच्ने बेला आएको छ। हामीमाथि अन्याय भएको छ। हामी सबै हिमाल र वातावरण जोगाउन लाग्नुपर्छ।’

शनिबार भृकुटीमण्डपबाट सुरु हुने र्‍याली काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गबाट सुरु भएको र्‍याली भद्रकाली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, सोल्टीमोड, कलंकी, बल्खु, धोबीघाट, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर हुँदै जमलबाट फेरि भृकुटीमण्डप पुगेर सम्पन्न हुनेछ।

जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनीकरणको सचेतना सन्देश प्रवाह गर्नका लागि  अन्नपूर्ण पोस्ट्ले हरेक वर्ष ईभी र्‍याली गर्दै आइरहेको छ। यो एएमएन चौथो संकरणको ‘ईभी र्‍याली’ हो। जलवायु परिर्वतन र वायु प्रदूषण न्यूनीकरणको सचेतना अभियानमा ३५ वटा कर्पोरेट हाउसहरूले सहकार्य गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.