कांग्रेसको आरोप- छानबिन गर्ने प्रतिबद्धता जनाउँदा पनि रास्वपाले मानेन

कांग्रेसको आरोप- छानबिन गर्ने प्रतिबद्धता जनाउँदा पनि रास्वपाले मानेन

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले रास्वपाको प्रस्तावअनुसार नै सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाउँदा अन्तिममा रास्वपा पछि हटेको आरोप लगाए।

आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेपछि समयमा नै बजेट पारित गर्न सदन चलाउनुको विकल्प नभएको उनले बताए। घिमिरेले सदनलाई अघि नबढाए बजेट पारित गर्न असफल हुने देखिएकाले रास्वपाको विरोधका बाबजुत सदनलाई अघि बढाइने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.